सल्यानमा नेपाली सेनाका एक जवानलाई कोरोना पुष्टि

सल्यानमा नेपाली सेनाका एक जवानलाई कोरोना पुष्टि
आइतवार, साउन १८, २०७७

उत्तर कुमार साहु

सल्यान- सल्यानमा नेपाली सेनाका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको खलंगास्थित लुहापिङ आइसोलेसनमा खटिएका नेपाली सेनाका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाली सेनाको सवुज गण सिमखर्कमा कार्यरत उक्त जवान लुहापिङमा आइसोलेसन निर्माणपश्चात कोरोना संक्रमितको सुरक्षार्थमा खटिएका थिए ।

शनिबार प्रदेश अस्पताल, पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्शन रिखाराम पुनले जानकारी दिए ।

हालसम्म सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।