अक्टोबरमा नागरिकहरुलाई कोरोनाको खोप दिने रुसको तयारी

अक्टोबरमा नागरिकहरुलाई कोरोनाको खोप दिने रुसको तयारी
आइतवार, साउन १८, २०७७

काठमाडौं। रुसले आगामी अक्टोबर महिनामा नागरिकहरुलाई कोरोनाको खोप दिने तयारी गररहेको छ।
रुसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले अक्टोबर सम्म खोप दिने तयारी भइरहेको जनाएका छन्।

यसका लागि उक्त महिना खोप अभियान सञ्चालन गरिने जनाइएको छ।

समाचार एजेन्सी रोयटर्सले अज्ञात स्रोतलाई उद्दृत गर्दै जनाएअनुसार रुसले निर्माण गरेको कोरोनाविरुद्धको खोपलाई यसै महिना नियामक निकायको स्वीकृति प्राप्त हुनेछ।
रुसी सञ्चारमाध्यमका अनुसार खोप सबैभन्दा पहिला डाक्टर र शिक्षकहरुलाई दिइनेछ।

कोरोना भ्याक्सिन बनाउने रुसी प्रयासलाई केही विशेषज्ञहरुले चिन्ताको बिषयको रुपमा हेरेका छन्।

हाल विश्वभर करिब २० वटा खोपको परीक्षण जारी छ।

रुसी स्वास्थ्यमन्त्रीका अनुसार मस्कोको गामालेया इन्सिच्युटले कोरोना खोपको क्लिनिकल परीक्षण पूरा गरेको र यसलाई दर्ता गर्ने प्रक्रिया जारी रहेको जनाएका छन्।