ट्राफिक प्रहरीका २ जनामा कोरोना पुष्टि, बग्गीखाना सिल

एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

ट्राफिक प्रहरीका २ जनामा कोरोना पुष्टि, बग्गीखाना सिल
आइतवार, साउन १८, २०७७

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले आफूसहित ३७५ जना क्वारेन्टिनमा रहेको र महाशाखा सिल गरिएको जानकारी दिए ।

उनले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिए ।