नेकपाका दुइजना अध्यक्षका बिचमा छलफल जारी, वरिष्ठ नेता खनाल समेत सहभागी

नेकपाका दुइजना अध्यक्षका बिचमा छलफल जारी, वरिष्ठ नेता खनाल समेत सहभागी
आइतवार, साउन १८, २०७७

काठमाडाैं । नेकपाका दुईजना अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहालसहित वरिष्ठ नेता झलनाथ खनालबिचको छलफल शुरू भएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अध्यक्ष दाहालले खनाललाई पनि साथै लिएर गएका हुन् । बिहान पाैने दशबाट सुरु भएको दाहालका प्रेस संयाेजक सापकाेटाले बताए ।

केही दिनयता नेकपाका दुई अध्यक्षबीच संवादहीनताको अवस्था थियोे । बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर निकास निस्कने गरी छलफल गर्न प्रस्ताव गरेका थिए ।