सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक अवरूद्ध

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक अवरूद्ध
आइतवार, साउन १८, २०७७

पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल तानसेन–सडक विभिन्न स्थानमा भास्सिँदा ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार विभिन्न स्थानमा सडक भासिएपछि साना सवारी साधन एकतर्फी आवतजावत गर्न दिएपनि ठूला सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।

प्रहरीका अनुसार दोभान बजारदेखि ५ सय मिटर नजिकै झण्डै ३ मिटर पक्की सडकको जग नै भासिएको छ । त्यस्तै झुम्सा, चौबिस माइल, नाग मन्दिर, भुतखोला पैठेडाँडामा पनि सडक चिराचिरा परेर भासिएको छ ।

बुटवलतर्फ आवतजावत गर्ने कास्की, म्याग्दी, बाग्लुङ्ग , स्याङ्गजा, गुल्मी र पाल्पाका ठूला सवारी साधन बीचबाटोमै अलपत्र परेका छन् ।