भारतको पञ्जाबमा विषाक्त मदिरा पिउँदा ८० जनाको मृत्यु

भारतको पञ्जाबमा विषाक्त मदिरा पिउँदा ८० जनाको मृत्यु
आइतवार, साउन १८, २०७७

एजेन्सी – भारतको पञ्जाब राज्यमा विषाक्त मदिरा पिउँदा ८० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा पञ्जाब प्रान्तको उत्तरी क्षेत्रमा रहेका तीन जिल्लाका व्यक्तिहरु रहेका छन् । प्रहरीले अबैध मदिरा बेचबिखन गरेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ ।

भारतका विभिन्न राज्यमा हरेक वर्ष विषाक्त मदिरा सेवनबाट सयौं व्यक्तिको ज्यान जाने गरेको छ । भारतमा अबैध मदिरा स्थानीय बजारमा प्रति लिटर भारु १० मै पाइने गरेको छ ।

प्रहरीका अनुसार पञ्जाबको गुरदासपुर जिल्लामा ११ जनाको मृत्यु भएको छ भने अमृतसर जिल्लामा १२ तथा तार्न तारान जिल्लामा ६३ जनाको ज्यान गएको छ ।

यसबाहेक केही अरु व्यक्तिको पनि विषाक्त मदिरा सेवनबाट मृत्यु भएको प्रहरीले आशंका गरेको छ । केही व्यक्तिले पोष्टमार्टम नगरी दाहसंस्कार गराएकाले पनि मृतकको संख्या बढी हुन सक्ने प्रहरीको अनुमान छ ।

पञ्जाब प्रान्तका मुख्यमन्त्री अमरिन्दर सिंहले पछिल्ला केही दिनयता भइरहेको मृत्युका बारेमा अनुसन्धान गर्न आदेश दिइएको बताएका छन् ।