मोटरसाईकल चोरी गर्ने दुईजना सार्वजनिक

मोटरसाईकल चोरी गर्ने दुईजना सार्वजनिक
आइतवार, साउन १८, २०७७

रौतहट-रोटहतमा प्रहरीले दुईवटा मोटरसाईकलसहित दुईजना चोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका–६ निबासी १९ वर्षीय रितेशकुमार बैठा र रौतहट गुजरा नगरपालिका–९ अमतावा टोल निबासी २१ वर्षीय दिपेश चौधरी रहेका छन ।

दु्बैलाई चोरीको मोटरसाईकलमा सबार रहेको अबस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । केही दिन यता मोटरसाईकल चोरी हुन थालेपछि प्रहरीले देखाएको सक्रियतापछि उनीहरु पक्राउ परेका हुन ।

रौतहटको बृन्दाबन नगरपालिका–४ वस्ने रञ्जित रौनियारको प्र.२–०३–००८ प १४२३ नम्बरको अपाचे मोटरसाईकल चन्द्रपुर–४ नेपाल टेलिकम नजिक रहेको परमानन्द साहको घर बाहिरबाट चोरी भएको थियो । प्रहरीले बैठालाई धनुषा मिथिला नगरपालिका वडा नं.९ स्थित पूर्व–पश्चिम राजमार्गमा चलाईरहेको समयमा पक्राउ गरेको हो ।

कागज पत्र बिनाको ना ६० प ९४१५ नम्बर प्लेट भएको २२० सिसीको पल्सर मोटर साईकल चोरी गर्ने चौधरीलाई समेत पक्राउ गरेपछि प्रहरीले दुबैलाई आज सार्बजनिक गरेको छ ।