कोरोना अपडेटः आठ हजार बढि नमुना परिक्षण गर्दा २४६ जनामा कोरोना पुष्टि, १११ जना संक्रमणमुक्त

कोरोना अपडेटः आठ हजार बढि नमुना परिक्षण गर्दा २४६ जनामा कोरोना पुष्टि, १११ जना संक्रमणमुक्त
आइतवार, साउन १८, २०७७

काठमाडौं-नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ८ हजार ८६१ नमुना परिक्षण गर्दा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।