थप १ जनाको कोरोनाले मृत्यु, नेपालमा मृतकको संख्या ५७ पुग्यो

थप १ जनाको कोरोनाले मृत्यु, नेपालमा मृतकको संख्या ५७ पुग्यो
आइतवार, साउन १८, २०७७

काठमाडौं-नेपालमा आज थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साकी ६८ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नारायणी बयोधा अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएसँगै नारायणी कोभिड अस्पताल लैजाँदै गर्दा उनको निधन भएको मन्त्रालयले जानकारी दिएको छ ।