उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
आइतवार, साउन १८, २०७७

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका २२ जना, ललितपुरका ८ र भक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै मुलुकभर २४ घण्टामा देशभर ८ हजार ८६१ नमुना परिक्षण गर्दा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।