अन्ततः सरकारले आरडीटी परीक्षण रोक्यो

अन्ततः सरकारले आरडीटी परीक्षण रोक्यो
आइतवार, साउन १८, २०७७

काठमाडौं-जनसमुदायस्तरबाटै विरोध भएपछि गएको बुधबारदेखि सरकारले आरडीटी परीक्षणमा रोक लगाएको छ । सरकारले कोरोना निदानका लागि आरडीटी परीक्षण नगर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता गौतमले आरडीटी परीक्षण नगर्न प्रदेश, पालिका र अस्पतालहरुलाई आग्रह गरे । आरडीटी परीक्षण भरपर्दो नभएको भन्दै यसअघि जनसमुदायस्तरबाटै विरोध भइरहेको थियो । इनफ इज इनफ अभियन्ताले पनि आरडीटी परीक्षण राक्नुपर्ने र पीसीआर परीक्षणलाई बढाउनु पर्ने भन्दै प्रदर्शन गर्दै आइरहेका छन् ।