पशुपतिको गुरुयोजना स्थगित गरेर छलफल गर्न तीन सदस्यीय समिति गठन

पशुपतिको गुरुयोजना स्थगित गरेर छलफल गर्न तीन सदस्यीय समिति गठन
आइतवार, साउन १८, २०७७

काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाका बारेमा सरोकारवालाहरुसँग छलफल गरेको गरेको छ । कोषले बनाएको गुरुयोजना विवादमा तानिएपछि मन्त्री योगेश भट्टराईले आज सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।

छलफलमा सहभागि नेपाली कांग्रेसका नेता गगन थापाले त्यो ठाउँबाट स्थानीयलाई स्थानान्तरण गर्न खोजे सांस्कृतिक विषयहरु लोप हुँदै जाने बताए । कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले स्थानीयहरुलाई सहभागि नगराई गुरुयोजना बनाइएको प्रति आक्रोश व्यक्त गरे ।

गुरुयोजनामा धेरै विषयहरु छुटेकोले सरोकारवालाहरुको सहभागितामा बनाउनुपर्ने बताए । मन्त्री भट्टराईले पशुपति क्षेत्रमा हुने जात्रा र पर्वहरु सञ्चालनका लागि अक्षयकोषको स्थापना गर्नुपर्ने बताए ।

छलफलमा मन्त्री भट्टराईले १० करोडको अक्षयकोष निर्माणका लागि प्रस्ताव गरे । ५० प्रतिशत रकम पशुपति क्षेत्र विकास कोषबाट र ५० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने गरी अक्षयकोष स्थापना गर्नुपर्ने उनले बताए ।

तत्कालका लागि गुरु योजनाको काम स्थगित भएको छ । छलफलपछि एक महिना गुरुयोजनाको काम स्थगित गरेर सरोकारवाला निकायसँग छलफल गर्नका लागि तीन सदस्यीय समिति गठन गरिएको छ ।