सरकारले वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठायो

सरकारले वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठायो
आइतवार, साउन १८, २०७७

काठमाडौं-सरकारले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।

पछिल्लो समय वीरगञ्जमा कोरोना संक्रमितको संख्या अत्यधिक बढेको छ । साउन महिनामा मात्र १० जना भन्दा धेरैको मृत्यु भएको छ ।