रामचन्द्र पौडेलले भने, “पीसीआरको दायरा माग गर्दै अनसन बस्नुपर्ने अवस्था आउनु दुर्भाग्य”

रामचन्द्र पौडेलले भने, “पीसीआरको दायरा माग गर्दै अनसन बस्नुपर्ने अवस्था आउनु दुर्भाग्य”
आइतवार, साउन १८, २०७७

काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पीसीआरको दायरा माग गर्दै अनसन बस्नुपर्ने अवस्था आउनु दुर्भाग्य भएको बताएका छन् ।

आइतबार कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियानका अभियन्तासँगको भेटपछि नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले सरकारले नै पीसीआरको दायरा बढाउन र क्वारेन्टिन व्यवस्थित गर्नुपर्नेमा यस्तो माग राखेर अनसन बस्नुले सरकारले असफलता प्रमाणित भएको उल्लेख गरे । लगातार अनसन बस्दा पनि जायज मागलाई नसुन्ने सरकार अटेरी भएको टिप्पणी पनि गरे ।