कोरोना संक्रमित बढेपछि जनकपुरमा एक सातालाई निषेधाज्ञा जारी

कोरोना संक्रमित बढेपछि जनकपुरमा एक सातालाई निषेधाज्ञा जारी
आइतवार, साउन १८, २०७७

जनकपुर-प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा भोलीदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ।

आज राति १२ बजेदेखि लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जानकारी दिएको छ ।

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

निषेधाज्ञाको समयमा औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स लगायत संचालनमा रहने जनाइएको छ।