जाजरकोटमा पहिरोले दुई घर बगायो, १ सय ५० घर विस्थापित

जाजरकोटमा पहिरोले दुई घर बगायो, १ सय ५० घर विस्थापित
आइतवार, साउन १८, २०७७

जाजरकोट-लगातारको बर्षापछि जाजरकोटको बारेकोटमा पहिरो जाँदा दुई घर बगाएको छ । जाँजरकोटको बारेकोट गाउँपालिका–७, सुवाकोटमा गएको पहिरोबाट एकसय ५० घर उच्च जोखिममा परेका छन् ।

आज विहान गएको पहिरोले सुवाकोटका भीमबहादुर शाही र जनकबहादुर शाहीको घर बगाएको हो । घरमा सात जनाको परिवार विहानको खाना खाइरहेका बेला माथिबाट पहिरो आयो भन्दै छिमेकीहरु चिच्याएपछि घरका सबैजनाले भागेर ज्यान जोगाउन सफल भएका हुन् ।

पहिरोले स्याला, लुहाग र सुवाकोट गाउँका १ सय ५० घर परिवार विस्थापित भएको वडाध्यक्ष बसन्त शाहीले जानकारी दिए । विस्थापितहरुलाई विद्यालय, सार्वजानिक चौर, आफन्तको घर बस्न भनिएको छ ।