भारतका गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि
आइतवार, साउन १८, २०७७

काठमाडौं-भारतका संघीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण भएको छ । शाहले आइतबार ट्वीट गर्दै आफूलाई संक्रमण भएको जानकारी गराएका छन् ।

उनले केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि गरीक्षण गराउन आग्रह गरेका छन् । मन्त्री शाहले कोरोनाका केही सुरुवाती लक्षण देखिएर परीक्षण गराउँदा पोजेटिभ रिपोट आएको जनाएका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था ठिक रहे पनि डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको पनि जानकारी गराएका छन् ।