डुबानले कैलालीका २ हजार बढी घरपरिवार विस्थापित

त्रिपालमुनी रात कटाइरहेका पीडित चाउचाउ र बिस्कुटको भरमा

डुबानले कैलालीका २ हजार बढी घरपरिवार विस्थापित
आइतवार, साउन १८, २०७७

दिनेश विष्ट

कैलाली-यही साउन १४ गते देखि परेको अबिरल बर्षाका कारण कैलालीका २ हजार बढी परिवार बिस्थापित भएका छन् । चारदिनसम्म लगातार परेको पानीका कारण जिल्लाका भजनी, टिकापुर नगरपालिका तथा जोशिपुर र जानकी गाउँपालिकाका अधिकाशं क्षेत्र डुवानमा परेका छन् । डुवानका कारण बिस्थापित भएका घर परिवारहरु अहिले हुलाकी सडकमा रात कटाइरहेका छन् ।

खाद्यान्न सबै बगाइसकेको बढीबाट बचेर हुलाँकी सडकसम्म पुगेका उनीहरुलाई अँझै बाढी आउने चिन्ताले पिरोलेको छ । कैलाली जिल्लाका ४ स्थानीय तह बाढीले डुवान परेपछि स्थानीय नागरिकको बिचल्ली भएको छ । गत १४ गते देखि निरन्तर परेको पानीले जिल्लाका २५ सय घर परिवार बिस्थापित भएका हुन् । डुवानका कारण जिल्लमा ३ जनाको मृत्यु भइसकेको छ ।

केहीलाई बग्दै गरेको अवस्थामा सूरक्षाकर्मी तथा स्थानीयले उद्धार गरेका हुन् । बाढीले डुबाएको क्षेत्रबाट हुलाकी सडकसम्म पु¥याएका नागरिकहरुको अहिले बिचल्ली छ । पुरै घर डुबेर खाद्यान्न समेत बगिसकेको अवस्थामा आफ्नो ज्यान जोगाउन उनिहरु हुलाकी सडकसम्म पुगेका हुन् । केहीलाई डुगांले उद्धार गरेर त केही आफै पौडी खेलेर हुलाकी सडकसम्म पुगेका हुन् ।

हुलाकी सडकमा त्रिपालमुनी रात कटाइरहेका बाढी पीडितले सनिबारदेखि मात्र चाउचाउ र बिस्कुट पाएको बाढी पीडित पञ्चराम चौधरी, मथुरा बिक बताउँछन् । जिल्लाका चारवटा स्थानीय तह मध्ये बाढिले भजनी नगरपालिकामा बढी क्षती पु¥याएको छ । काडाँ र कान्द्रा नदीको बाढी पसेर भजनी नगरपालिकाको अधिकांश क्षेत्र डुवानमा परेको हो । १४ गतेको रात केहीले रुखमा चढेर ज्यान बचाए भने केहीले घरको छतमा गएर आफूलाई जोगाउनुपरेको थियो ।

नगरपालिकाभरी ४ वटा मात्रै डुगा भएको तर, बाढि रातीको समयमा आएकाले उनीहरुको अवस्था निकै कस्टपूर्ण बनेको थियो । जटिल अवस्था भएपनि जसोतसो धेरैलाई सोही रात सार्न सफल भएको नगरपालिकाले जनाएको छ । बाँकी रहेकालाई अर्को दिन उद्धार गरी हुलाकी सडकमा सारिएको नगरपालिकाको भनाई छ । अहिले राहत वितरणमा नगरपालिका केन्द्रित भएको उपमेयर छाया देवकोटाले जानकारी दिइन् ।

जिल्लास्थित तिनवटै सुरक्षा निकायले ३ दिन लगातार उद्धार गरेपछि बाढी पीडितलाई सुरक्षित स्थानमा सार्न सफल भएका हुन् । तीन दिन लगातार खटिएर पीडितलाई सुरक्षित स्थानमा सारेपछि बल्ल राहत संकलन र वितरणमा केन्द्रित गरेको प्रशासनले जनाएको छ । राहतका लागि सरकारी निकायसँग मात्रै पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँग आग्रह गरेर संकलन गरी वितरणमा जोड दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको भनाई छ ।

कैलालीमा २०७२ सालपछि यस बर्ष बढी डुवान भएको हो । डुवान क्षेत्रमा उद्धारका लागि पर्याप्त लाइभ ज्याकेट तथा डुंगाको समेत अभाव भएकाले समयमै उनीहरुको उद्धार हुन नसकेको हो । सरकारले विपथ जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ सालमै ल्याएपनि त्यसको कार्यान्वयन नहुँदा हरेक क्षेत्र विपदमा समस्यामा पर्ने गरेका छन् । सरकारले अहिले राहत वितरण गर्दै विपद जोखिम न्यूनिकरणका लागि स्थानीय तहसम्मका संचना निर्माण गर्न आवश्यक छ ।