जिल्ला अदालत बाँकेका पाँच कर्मचारीमा कोरोना

जिल्ला अदालत बाँकेका पाँच कर्मचारीमा कोरोना
आइतवार, साउन १८, २०७७

बाँके- बाँकेमा अदालतका पाँच जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्ला अदालत बाँकेका पाँच जनामा आइतबार कोरोना पुष्टि भएको हो। त्यस्तै राँझास्थित आर्मी अस्पतालका चिकित्सकलाई पनि कोरोना पुष्टि भएको छ।

अदालतका कर्मचारीसहित १२ जनामा कोरोना देखिएको छ। कोरोना संक्रमित हुनेमा बाँके जिल्लाका स्थायी निवासी ७ जना रहेका छन्।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आर्मी अस्पतालका चिकित्सकसहित तीन जना, जिल्ला अदालतका पाँच जना, खजुराका एकजना, दाङका नेपाली सेना एकजना, टीकापुरका चिकित्सकसहित दुई जनामा कोरोना देखिएको हो।

समुदायमा कोरोना फैलिएको भन्दै बाँकेमा तीन दिन निषेधाज्ञा जारी गरिएको छ।