एसिड आक्रमणकारीलाई दिइने दण्ड सजाय बढाउन सरकारलाई निर्देशन

एसिड आक्रमणकारीलाई दिइने दण्ड सजाय बढाउन सरकारलाई निर्देशन
सोमवार, साउन १९, २०७७

काठमाडौं-प्रतिनिधि सभाको महिला तथा समाजिक समितिले एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय बढाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले आज एसिड आक्रमणका पीडितसँग छलफल गरेपछि एसिड आक्रमण गर्नेहरुलाई दिइने दण्ड सजाय कम भएको निष्कर्ष सहित सम्बन्धित कानूनलाई समय सापेक्ष परिमार्जन गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यसका लागि समन्वय गर्न महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र महिला आयोगलाई समेत निर्देशन दिइको छ । समितिले एसिड आक्रमणका उजुरी तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

बैठकमा सांसदहरुले बजारमा एसिड सहज रुपमा उपलब्ध हुने भएकाले अक्रमणका घटनाहरु भैरहेको भन्दै विक्री वितरणमा कडाई गर्नुपर्नेमा जोड दिएका थिए ।