नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, ३५८ जना संक्रमणमुक्त

नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, ३५८ जना संक्रमणमुक्त
सोमवार, साउन १९, २०७७

काठमाडौं-नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ ।