काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिए
सोमवार, साउन १९, २०७७

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये काठमाडौंका ४३ जना, ललितपुरका ३ र भक्तपुरका ५ जना रहेका छन् । उपत्यकामा ५१ सहित मुलुकभर अाज ४१८ संक्रमित थपिएका छन् ।