भदौबाट अन्तर्राष्ट्रिय हवाइ उडान भर्न १२ एयरलाइन्स इच्छुक

भदौबाट अन्तर्राष्ट्रिय हवाइ उडान भर्न १२ एयरलाइन्स इच्छुक
सोमवार, साउन १९, २०७७

काठमाडौं-सरकारले भदौ १ देखि हवाइ उडान खुला गर्ने निर्णय गरेसँगै केही एयरलाइन्सले मात्र उडान सुरु गर्ने इच्छा देखाएका छन्।

उडान भर्न इच्छुक एयरलाइन्सलाई सम्पर्क गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेपछि अहिलेसम्म १२ एयरलाइन्सले आवेदन दिएका छन्।

उडान सुरु गर्ने निर्णयपछि तोकिएको प्रोटोकल पूरा गरी १८ गन्तव्यमा उडान भर्नका लागि १२ एयरलाइन्सले अहिलेसम्म जानकारी गराएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।