कोरोना नियन्त्रणमा लमजुङमा ५० लाख खर्च

कोरोना नियन्त्रणमा लमजुङमा ५० लाख खर्च
सोमवार, साउन १९, २०७७

शान्ता कमली
लमजुङ-लमजुङमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५० लाख खर्च भएको छ । जिल्लास्थित विपद व्यवस्थापन केन्द्रका अनुसार कोरोना रोकथाम र नियन्त्रणका लागि जिल्लामा ४९ लाख ९२ हजार ५ सय ३७ रुैपैयाँ खर्च भएको हो ।

लमजुङमा जिल्ला विपद व्यवस्थापन केन्द्रबाट मात्र कोरोना रोकथाम तथा व्यवजस्थापनका लागि ५० लाख खर्च भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार व्यक्तिगत सुरक्षा सामाग्री व्यवस्थापन, क्वारेन्टाइन निर्माण तथा संचालन, र व्यवस्थापन तथा आइसोलेनस वार्ड निर्माणमा ५० लाख खर्च भएको हो ।

जिल्लामा क्वारेन्टाइन र आइसोलेशन संचालन र व्यवस्थापनको लागि ८ वटै स्थानीय तहले ६/६ लाख रुपैयाँ गरी ४८ लाख रुपैयाँ खर्च गरेका छन् । गण्डकी पदेश सरकारले आइसोलेशन निर्माणका लागि ३० लाख र संक्रमितको उपचार तथा व्यवस्थापनको लागि ३ वटा आइसोलेशनलाई ५ लाखका दरले १५ लाख सहयोग गरेको थियो ।

क्वीक रेन्पोन्स टीम (क्युआरटी) संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले भने यतिको बजेटका बावजुत लमजुङमा विदेशबाट आउनेको सं्ख्या बढि भएका कारण व्यवस्थापनमा समस्या भएको बताएका छन् । क्वारेन्टाइनमा बसेकालाई खाना, विदेशबाट आउनेलाई डुम्रेबाट क्वारेन्टाइनमा ल्याउने सवारी खर्च, संक्रमित बोक्ने एम्वुलेन्स लगायत शीर्षकमा रकम खर्च भएको हो ।

बेंसीसहर नगरपालिकाको सहजी आइसोलेशन र लमजुङ जिल्ला सामुदायिक अइसोलेशनका लागि ५÷५ लाख र सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालको आइसोलेशनका लागि ५ लाख रुपैयाँ पठइएको थियो ।