उडिरहेको विमानमा यात्रुले मास्क लगाउन नमानेपछि कुटाकुट (भिडियोसहित)

उडिरहेको विमानमा यात्रुले मास्क लगाउन नमानेपछि कुटाकुट (भिडियोसहित)
सोमवार, साउन १९, २०७७

काठमाडौं-यतीबेला कोरोनाबाट जोगिन मास्क अनिवार्य भएको छ । घर बाहिर निस्कदा माक्स नलगाएमा सजायसमेत हुने गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनावाट जोगिन मास्क अनिवार्य लगाउन सुझाव दिएको छ ।

तर हवाई यात्राका क्रममा मास्क लगाउन नमान्दा उडिरहेको विमानमा कुटाकुट भएको छ । दुई यात्रुले उडिरहेको विमानमा मास्क लगाउन नमानेपछि झडप भएको हो ।

यो घटना नेदरल्याण्डको एम्स्टर्डमबाट स्पेनको इविजा टापुतर्फ गइरहेको केएलएमको विमानभित्रै भएको हो । अहिले सो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

विमान कम्पनीले दुई यात्रुले मास्क लगाउन आग्रह गर्दा अस्वीकार गरेको र अन्य यात्रुलाई दुव्र्यवहार गरेको जनाएको छ।