कोशी अस्पताल विराटनगरमा एक कोरोना संक्रमित वृद्धको मृत्यु

कोशी अस्पताल विराटनगरमा एक कोरोना संक्रमित वृद्धको मृत्यु
सोमवार, साउन १९, २०७७

काठमाडौं-कोशी अस्पताल विराटनगरमा मृत्यु भएका एक वृद्ध पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ५ का ७७ वर्षका पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको कोशी अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका अनुसार ती वृद्ध पुरुषलाई आज बिहान साढे ११ बजे मात्र कोशी अस्पतालको आइसोलेसनमा ल्याइएको थियो । उनको अस्पतालमा ल्याउने वित्तिकै कोरोना परीक्षणका लागि नमुना संकलन गरी प्रयोगशालामा पठाइएको थियो ।

ती वृद्ध पुरुषको आज दिउँसो ३ बजे आइसोलेसनमै उपचारका क्रममा मृत्यु भएको हो । उनको शव कोभिड १९ संक्रमितको शव व्यवस्थापन निर्देशिका अनुसार नेपाली सेनाले भोलि मात्र व्यवास्थप गर्ने बताईएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।