अफगानिस्तानको जेलमा आक्रमण, २९ जनाको मृत्यु

अफगानिस्तानको जेलमा आक्रमण, २९ जनाको मृत्यु
मङ्लबार, साउन २०, २०७७

काठमाडौं –अफगानिस्तानको पूर्वी शहर जलालावादको एक जेलमा भएको आक्रमणमा कम्तीमा २९ जनाको ज्यान गएको छ । जेलबाट एक हजार भन्दाबढी कैदीबन्दी भाग्न खोजेका जनाइएको छ ।

आक्रमणको जिम्मा बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले लिएको छ । आइतबार बेलुका कार बम जेलको गेटमा बिस्फोट गराइएको थियो । त्यसपछि झण्डै २० घण्टा भिडन्त भयो । ८ जना आक्रमणकारी पनि मारिएका छन् ।

अझै पनि ३०० कैदी भागिरहेका छन् । आक्रमणका बेला सो जेलमा १७ सय ९३ जना कैदी थिए । अधिकांश तालिबान र आइएसका लडाकु हुन् । एक हजार २५ कैदी जेल फर्किएका छन् । ४३० जनालाई उद्धार गरिएको छ । ५० जना भन्दा बढी घाइते भएका छन् ।