कोरोना भाइरसको औषधी बन्ने सम्भावना न्यून : डब्ल्युएचओ

कोरोना भाइरसको औषधी बन्ने सम्भावना न्यून : डब्ल्युएचओ
मङ्लबार, साउन २०, २०७७

काठमाडौं । विश्व स्वास्थ्य संगठन डव्लुएचओले कोरोना भाइरसको औषधी मिल्न सक्ने सम्भावना न्युन रहेको जनाएको छ ।

डब्ल्युएचओका प्रमुख डाक्टर टेड्रोस एडोनोम गेब्रिएसले कोरोना भाइरसको भ्याक्सिन बन्ने सम्भावना भएपनि औषधी बन्ने सम्भावना भने नरहेको बताएका छन् ।

मौसम परिवर्तन संगै कोरोना भाइरस परिवर्तन नहुने भन्दै प्रमुख टेड्रोसले विश्वका जनताले कोरोनासंग जुध्ने बाहेक कुनै उपाय नभएको प्रतिक्रिया दिएका हुन् ।

उनले कोरोना भाइसर विरुद्धको भ्याक्सिन निर्माणको क्रम भने तेश्रो चरणमा पुगेको भन्दै भ्याक्सिन प्रभावकारी सावित हुने दावी गरेका छन् ।

कोरानाबाट बच्न सामाजिक दुरी, पटक पटक साबुन पानीले हात धुने र मास्क लगाउनाले कोरोनाको संक्रमणबाट टाढै रहने निश्चित भएकोले सबैलाई सावधानी अपनाउन डा.टेड्रोसले विश्वभरका जनतालाई अपील गरे ।

डब्ल्युएचओले पटक पटक कोरोना भाइरस कहिलेपनि समाप्त नहुने भन्दै यसविरुद्ध लड्नुको विकल्प नभएको बताउदै आएको छ ।