कोरोना परीक्षणको गति बढाउन प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव

कोरोना परीक्षणको गति बढाउन प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव
मङ्लबार, साउन २०, २०७७

काठमाडौं-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवाले कोरोना परीक्षणको गति बढाउन सुझाव दिएका छन् ।

क्वारेन्टिनको उचित व्यवस्थापन गर्दै मास्क अनिवार्य गराउन पनि सरकारलाई आफुले भनेको उनले बताएका छन् ।

सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै केही युवाहरु अनसनमा बसेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभापति देउवाले अनसन तोडाउन आग्रह गरेका छन् ।

देउवाले राजनीतिज्ञहरुलाई भन्दा विज्ञहरुलाई बेलाएर छलफल गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन् ।