जनकपुरमा आजबाट एक हप्तासम्मका लागि निषेधाज्ञा जारी

जनकपुरमा आजबाट एक हप्तासम्मका लागि निषेधाज्ञा जारी
मङ्लबार, साउन २०, २०७७

जनकपुर-जनकपुरधाम उपमहानगरपालिका भित्र आजबाट एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जनकपुरधाम उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा जारी भएपछि महानगरका मुख्य बजार सुनसान देखिएका छन । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरुमा एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।

प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात लगाएत अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण बजार र चहलपहलमा प्रतिबन्ध लगाइएको छ । प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाही गरिने चेतावनी समेत दिएको छ ।