आज थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २१ हजार नाघ्यो

६५ जना संक्रमणमुक्त

आज थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २१ हजार नाघ्यो
मङ्लबार, साउन २०, २०७७

काठमाडौं- नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

२४ घण्टामा देशभर ७ हजार ६८७ जनामा नमुना परिक्षण गर्दा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १५ हजार २६ पुगेको छ ।

  • थप संक्रमितको संख्या सच्याइएको छ । – सं