काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिए
मङ्लबार, साउन २०, २०७७

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ४८ जना, भक्तपुरका १३ जना र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै हिजो पनि ५१ जना कोरोना संक्रमित थपिएका थिए । त्यस्तै २४ घण्टामा देशभर ७ हजार ६८७ जनामा नमुना परिक्षण गर्दा आज २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।