अष्ट्रेलिया र वेस्ट इन्डिजबीचको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज स्थगित

अष्ट्रेलिया र वेस्ट इन्डिजबीचको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज स्थगित
मङ्लबार, साउन २०, २०७७

एजेन्सी-अष्ट्रेलिया र वेस्ट इन्डिजबीचको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज स्थगित भएको छ । अष्ट्रेलिया क्रिकेट संघले आज वेस्ट इन्डिजसँगको सिरिज स्थगित गरिएको जनाएको हो ।

अष्ट्रेलिया र वेस्ट इन्डिजबीच अक्टोबरको सुरुवातमा टी–ट्वान्टी सिरिज खेल्ने तय भएको थियो । अष्ट्रेलियामा तय भएको आईसीसी टी–ट्वान्टी खेल, विश्वकपअघि दुई टोलीबीच सिरिज खेल्ने तय भएको थियो ।

तर, विश्वकप एक वर्ष पछि सरेपछि सिरिज स्थगित गरिएको क्रिकेट संघ अष्ट्रेलियाले जनाएको छ । विश्वकपको तयारीका लागि दुई टोलीले टी–ट्वान्टी सिरिज खेल्ने भएको थियो ।

टी–ट्वान्टी सिरिज स्थगित भएपछि दुवै टोलीका खेलाडीलाई इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने बाटो खुलेको छ । युएईमा आयोजना हुने आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुँदैछ ।