लमजुङमा तुइन चुडिंदा एक महिला वेपत्ता

लमजुङमा तुइन चुडिंदा एक महिला वेपत्ता
मङ्लबार, साउन २०, २०७७

लमजुङ-लमजुङमा सोमबार तुइनबाट खसेर एकजना वेपत्ता भएकी छन । बेपत्ता हुनेमा दोर्दी गाउँपालिका ६ सीमी गाउँकी वर्ष २५ कि फुलमायाँ गुरुङ हुन् । यस्तै तुइनबाट खसेर दोर्दी गाउँपालिका ६ किर्तिपुरका १७ वर्षका विकास घले घाइते भएका छन् ।

उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बेपत्ताको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार विहान करिब १० बजे दोर्दी गाउँपालिका ७ मा रहेको जलकन्यादेवि मन्दिरमा पुजा गर्न जाने क्रममा तुइन चुडीएर खोलामा खसेकी महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए ।