बाँकेमा १३ प्रहरी र कैदीबन्दीमा कोरोना पुष्टि

बाँकेमा १३ प्रहरी र  कैदीबन्दीमा कोरोना पुष्टि
मङ्लबार, साउन २०, २०७७

बाँके- नेपालगन्ज कारागारका कैदीबन्दीसँगै कारागारमा सुरक्षार्थ खटिएका प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा आज थप ७ कैदीबन्दी र ६ प्रहरीसहित १३ जनामा संक्रमण पुष्टि भएको हो ।

कारागारबाट ३ दिनअघि जेलरसहित, कैदीबन्दी र त्यहाँ खटिएका प्रहरीसहित ३२ जनाको थ्रोट स्वाब लिइएको थियो । त्यसमध्ये १३ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि पनि नेपालगन्ज कारागारमा १ कैदीमा कोरोना देखिएको थियो । उनी उपचारपछि निको भएर फर्किसकेका छन् ।