दार्चुलामा पछिल्लो ४ वर्षमा ३० बलात्कारका घटना

दार्चुलामा पछिल्लो ४ वर्षमा ३० बलात्कारका घटना
बुधबार, साउन २१, २०७७

दार्चुला – दार्चुलामा चार वर्षको अवधिमा ३० महिला तथा बालिका बलात्कारको शिकार बनेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्ती करणीका घटना बढ्दै गएका छन्। अझै कयौँ घटना समाजमा मिलाउने भएका कारण सबै प्रहरीसम्म पुगेका छैनन्।

आव २०७३÷०७४ मा तीन जबर्जस्ती करणी तथा दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए। यस्तै आव २०७४÷०७५ मा पाँच जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन्।

यसैगरी आव २०७५र०७६ मा पाँच जबर्जस्ती करणी र दुई जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएको तथा आव २०७६र०७७ मा जबर्जस्ती करणीका आठ र जबर्जस्ती करणी उद्योगका छ मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक चन्दले बताए।

बलात्कारका घटनामा अधिकांश बालिका पर्ने गरेको प्रहरीको तथ्यांक छ। अझै ग्रामीण क्षेत्रबाट बलात्कार, यौन दुव्र्यवहार र महिला हिंसाका अधिकांश घटना प्रहरीसम्म पुग्ने गरेका छैनन्। अहिले पनि यस्ता घटना समाजमै लुकाइएका छन्।
रासस