श्रीलंकामा संसदीय चुनावको मतदान हुँदै

श्रीलंकामा संसदीय चुनावको मतदान हुँदै
बुधबार, साउन २१, २०७७

काठमाडौं। श्रीलंकामा आज संसदीय चुनावको मतदान हुँदैछ।

संसदीय निर्वाचन उनकै गोटाबाया राजपक्षेका दाइ महिन्दा राजपक्षेको दल श्रीलंका पोदुजाना पेरामुनाले जित्ने आकलन गरिएको छ ।

दाइ महिन्दाको दलले बहुमत नपाएको भए पनि उनी प्रधानमन्त्री बन्न सकून् भनी गोटाबायाले राष्ट्रपति चुनाव जित्नेबित्तिकै संसद् विघटन गरेका थिए ।

एक करोड ६० लाखभन्दा बढी मतदाता निर्वाचनमा मतदान गर्दैछन् ।
यो निर्वाचनबाट आगामी पाँच वर्षका लागि २२५ जना सांसद निर्वाचित गर्नेछन् ।

निर्वाचनमा ७० दल, ३१३ स्वतन्त्र समूह तथा ७ हजार ४५२ उम्मेदवार उठेका छन् ।

संसद्का लगभग दुई दर्जन सीटमा अल्पसंख्यकहरू रहेको उत्तरी र पूर्वी प्रान्तले एसएलपीपीलाई दुई तिहाइ बहुमत पुग्नबाट रोक्ने सम्भावना देखिन्छ ।