दोलखाको परम्परागत भैरब कुमारीको जात्रा आजदेखि सुरु हुँदै

दोलखाको परम्परागत भैरब कुमारीको जात्रा आजदेखि सुरु हुँदै

दोलखाको परम्परागत भैरब कुमारीको जात्रा आजदेखि सुरु हुँदै
बुधबार, साउन २१, २०७७

काठमाडौं। पाँच दिनसम्म मनाइने दोलखाको परम्परागत भैरब कुमारीको जात्रा आजदेखि सुरु हुँदैछ ।

हरेक वर्ष गाईजात्राको भोलिपल्टदेखि षष्टिसम्म पाँच दिन रातभर चल्ले जात्रा बाजागाजाको तालमा भैरब र कुमारीसहितको समूह ब्रतालु नारीहरुले राति पूजापाठ गरेपछि जात्रा सुरु हुने गर्दछ ।

शिवभक्ति परिवारका समूहद्वारा भैरब र कुमारीको परिचयमा संचालन हुने यो भैरब कुमारीको जात्रा १४ जनाको समूहमा रातभर नाच्ने गरिन्छ ।

यस वर्ष कोरोनाका कारण जात्रालाई निरन्तरता दिने गरी औपचारिकता मात्र पूरा गरी मनाईदै छ । रातभर दोलखा बजारका विभिन्न टोलहरुमा नचाईने यो जात्रा यस वर्ष भने शहर परिक्रमा मात्र गरिने भएको छ ।