धरानमा थप १२ जना कोरोना संक्रमित भेटिए

धरानमा थप १२ जना कोरोना संक्रमित भेटिए
बिहिबार, साउन २२, २०७७

सुनसरी-धरानमा आज बिहान थप १२ जना कोरोना संक्रमित भेटिएका छन् । धरान उपमहानगरपालिका–८ मा रहेको एक उद्योगमा कार्यरत धरान १३ का कोरोना संक्रमित युवाको कनट्रयाक्ट ट्रेसिङको क्रममा उद्योगमा कार्यरत ६ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै धरानकै एन्फा क्वारेन्टिनमा बसेकाहरुको परीक्षण रिपोर्ट बाँकी ६ जनामा संक्रमण पुष्टी भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेतामन अनुसार आज कोरोना संक्रमित हुनेहरूमा धरान ३ का एउटै परिवारका ५ जना छन् ।

संक्रमित हुनेहरूमा ७ वर्षीय बालक देखि ८५ वर्षीय बृद्धसम्म रहेका छन् । आज भेटिएकासँगै धरानमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

केहिदिन देखि सुनसरीमा कोरोना संक्रमीत बढेसँगै निषेधित क्षेत्र घोषण गरीएको छ । गएराती १२ बजेबाट लगुहुने गरी २६ गते रातीसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो ।