नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि, २३३ संक्रमित निको भए

नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि, २३३ संक्रमित निको भए
बिहिबार, साउन २२, २०७७

काठमाडौं-नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा देशभर ६ हजार ६ सय २२ नमुना परिक्षण गर्दा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ

यस्तै पछिल्लो २४ घण्टामा २३३ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ३८९ पुगेको छ ।