गुजरातको अस्पतालमा आगलागी, आठ कोरोना संक्रमितको मृत्यु

गुजरातको अस्पतालमा आगलागी, आठ कोरोना संक्रमितको मृत्यु
बिहिबार, साउन २२, २०७७

एजेन्सी – भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइरहेका आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गुजरातको राजधानी अहमदाबादस्थित श्रेय अस्पतालमा बिहीबार बिहानै आगलागी भएको थियो । उक्त घटनालगत्तै त्यहाँ उपचारार्थ भर्ना भएका अरु ४१ जना कोभिड–१९ का बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै आगलागीको उक्त घटनाबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन् । पीडितहरुलाई जतिसक्दो सहायता गर्न सरकार तत्पर रहेको मोदीले बताएका छन्।