संघीय संसद् प्रवक्ता पाण्डेमा पनि कोरोना संक्रमण

संघीय संसद् प्रवक्ता पाण्डेमा पनि कोरोना संक्रमण
बिहिबार, साउन २२, २०७७

काठमाडौं- संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सांसदको सार्वजनिक लेखा समितिका सदस्यसमेत रहेका प्रदीप यादवमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका संसद सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको हो ।

पाण्डेसहित संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो । उक्त टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा पाण्डेमा पनि संक्रमण पुष्टि भएको हो ।