काठमाडौंका ७६ सहित उपत्यकामा ८७ कोरोना संक्रमित थपिए

काठमाडौंका ७६ सहित उपत्यकामा ८७ कोरोना संक्रमित थपिए
बिहिबार, साउन २२, २०७७

काठमाडौं-उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ७६ जना, ललितपुरका १० जना र भक्तपुरका १ जना रहेका छन् ।

उपत्यकामा  ८७  सहित देशभर ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २३३ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ३८९ पुगेको छ ।