हिमालय एयरलाइन्सको चार्टर्ड उडान दुई दिन थप

हिमालय एयरलाइन्सको चार्टर्ड उडान दुई दिन थप
बिहिबार, साउन २२, २०७७

काठमाडौं। विदेशमा अलपत्र नेपालीको उद्धारका लागि भइरहेको उडानमाभएको छ।
जुलाई ३० देखि अगष्ट ७ सम्म विभिन्न मुलुकमा चार्टर्ड उडान गरिरहेको हिमालयले थप दुई गन्तव्यमा चार उडान गर्ने निर्णय गरेको हो ।

हिमालयको निर्णयअनुसार अगष्ट ८ र ९ मा क्रमशः कतारको दोहामा दुई र मलेसियाको क्वालालम्पुरमा दुई उडान गर्ने छ ।

नेपालका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विदेशी एयरलाइन्सले विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चार्टर्ड उडान गरिरहेका छन् ।

कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रको असार २० गतेसम्मको विवरणअनुसार विभिन्न मुलुकबाट भइरहेको उद्धार उडानमार्फत हालसम्म ४३ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।