बिजोर नम्बरका ७३६ सवारीलाई कारबाही

बिजोर नम्बरका ७३६ सवारीलाई कारबाही
बिहिबार, साउन २२, २०७७

काठमाडौं- सरकारले आजदेखि लागू गरेको जोरबिजोर प्रणालीको उल्लंघन गर्ने ७३६ सवारी साधन कारबाहीमा परेका छन् ।

आज २२ गते जोर नम्बरको सवारी साधन चल्नु पर्नेमा बिजोर सवारी साधन चलाएको पाईएपछि १३२ सवारी साधनलाई होल्ड गरी कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीले जनाएको छ । ती सवारीलाई कलंकी मै होल्ड गरी राखिएको थियो ।

महानगरीय प्रहरी प्रभाग कंलकी प्रमुख पुरूषोत्तम कार्कीले बिहान ५ बजे देखि ११ बजेसम्म सम्झाईबुझाई गरी छाडेको र एक बजेबाट होल्ड गर्न सुरू गरिएको बताए । महानगरीय ट्राफिक वृत्त महाराजगन्जका प्रहरी निरीक्षक केशवराज भट्टका ६ बजेसम्म ८५ सवारीसवारी साधन होल्ड गरिएको जसमध्ये ४ पाङग्रे ८ वटा छन् ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालका अनुसार उपत्यकामा ६ वजेर ३० मिनेट सम्म ७ सय ३६ वटा सवारीसाधन होल्ड गरिएको थियो । सरकारले लकडाउन अन्त्य गरेपनि कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि गृह मन्त्रालयले यो कदम चालेको थियो । यससँगै अब जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका गाडी चल्ने नियम छ ।

यो निर्णय काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सय पुगेका जिल्लामा लागू हुनेछ।