अमेरिकामा कोरोनाबाट ५० लाख संक्रमित, एक लाख ६२ हजारभन्दा बढीको मृत्यु

अमेरिकामा कोरोनाबाट ५० लाख संक्रमित, एक लाख ६२ हजारभन्दा बढीको मृत्यु
शुक्रबार, साउन २३, २०७७

काठमाडौँ – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैभन्दा प्रभावित अमेरिका बनेको छ ।

अमेरिकामा अझै कोरोनाको कहर बढ्दो छ । कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा घटेपनि सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढि नै रहेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार १०६ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ६२ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ६२ हजार ७०७ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ५४ हजार ४२१ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ५० लाख २७ हजार ९८९ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म २५ लाख ६९ हजार ९०२ जना ठिक भएका छन् भने सक्रिय संक्रमित २२ लाख ९५ हजार ३८० जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १८ हजार ४३७ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ८१५ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ४८ हजार १३१ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार ९२२ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ८९ हजार ५३५ जना संक्रमित भएका छन् ।

त्यस्तै क्यालिफोर्नियामा ९ हजार ९६२ सयको ज्यान गएको छ भने मसाचुसेट्समा ८ हजार ६९१ जनाको ज्यान गएको छ ।

त्यस्तैगरि टेक्सासमा ८ हजार १०४, इलिनियोइसमा ७ हजार ७९१, फ्लोरिडामा ७ हजार ७४७, पेन्सिलभेनियामा ७ हजार ३६४, मिचिगनमा ६ हजार ५०६, कोनेक्टीकटमा ४ हजार ४३७, लुसियानामा ४ हजार १४६ जना, जर्जियामा ४ हजार २६, एरिजोनामा ४ हजार २, ओहियो ३ हजार ६२८, मेरिल्याण्डमा ३ हजार ५५१, इन्डियानामा ३ हजार १३ र भर्जिनियामा २ हजार २९९ जनाको मृत्यु भएको छ ।