नेपालमा थप ४६४ जनामा कोरोना पुष्टि, ४२५ जना डिस्चार्ज

नेपालमा थप ४६४ जनामा कोरोना पुष्टि, ४२५ जना डिस्चार्ज
शुक्रबार, साउन २३, २०७७

काठमाडौं । नेपालमा शुक्रबार ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा संक्रमितको २२ हजार २१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

नेपालमा आज एकै दिन ४२५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

संक्रमण बढदै गएमा अस्पताल र स्वास्थ्यकर्मीको अभाव हुने भन्दै सचेत रहन मन्त्रालयले अपिल गरेको छ ।