काठमाडौ उपत्यकामा थप १०६ जनामा कोरोना पुष्टि

काठमाडौ उपत्यकामा थप १०६ जनामा कोरोना पुष्टि
शुक्रबार, साउन २३, २०७७

काठमाडौ । काठमाडौ उपत्यकामा थप १०६ जनामा कोरोना पुष्टि भएको छ ।

शुक्रबार मात्रै काठमाडौँमा ९२ जनामा संक्रमण देखिएको छ । त्यस्तै, भक्तपुरमा ४ जना र ललितपुरमा १० जनामा कोरोना पुष्टि भएको छ । उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित थपिएको यो पहिलोपटक हो ।

उपत्यका लगाएत देशभरनै संक्रमित बढ्दै जादा आवश्यक सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

संक्रमितको संख्या बढ्दै जादा सभा सम्मेलन भेला नगर्न र आवश्यक नपरि घर बाहिर ननिस्कन मन्त्रालयले आग्रह गरेको छ ।