नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो
शुक्रबार, साउन २३, २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार सर्लाही जिल्ला बसन्तपुर स्थायी ठेगाना भएका ४५ बर्षिय पुरुषको पाटन अस्पतालमा निधन भएको छ ।

पर्सा जिल्ला माईस्थानका ४५ बर्षिय पुरुषको हिजो कोरोनाका कारण पाटन अस्पतालमा निधन भएको हो । उनी मधुमेह र रक्तचापका बिरामी थिए ।

पर्सा जिल्लाकै श्रीपुरका ७९ बर्षिय पुरुषको साउन २० गते घरमै मृत्यु भएको हो । नमुना परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।

त्यसैगरि श्रीपुरकै ५७ बर्षीय पुरुषको पनि हिजो गण्डक अस्थायी कोभिड अस्पताल मृत्यु भएको छ । उनी मधुमेह र उच्च रक्तचाप र मुटुका बिरामी थिए ।

सिराहा जिल्ला गोलबजारका २५ बर्षका पुरुषको हिजो बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनी मृगौलाका बिरामी थिए ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।