काठमाडौंको टेकु, महाबौद्ध, र न्यूरोड क्षेत्र सिल गरिने

काठमाडौंको टेकु, महाबौद्ध, र न्यूरोड क्षेत्र सिल गरिने
शुक्रबार, साउन २३, २०७७

काठमाडौं – काठमाडौंको टेकु, महाबौद्ध र न्यूरोड क्षेत्र सिल गरिने भएको छ ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि अत्यधिक भीड हुने यी व्यापारिक क्षेत्र सिल गरिने भएको हो ।

जिल्ला प्रशासन काठमाडौंका अनुसार नागरिकता र पासपोर्ट वितरण समेत तत्कालका लागि बन्द गरिने भएको छ । स्रोतका अनुसार शुक्रवार रातिबाट लागु हुने गरी ती स्थानमा सिल गर्न लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार कोरोना संक्रमण देखिएका स्थान र बस्ती वरपर सिल गर्ने तयारी गरिएको हो ।